महाशिवरात्रीमा -याली
धुलिखेल/महाशिवरात्रीको अवसर पारी ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलिखेलले बृहत्त ¥याली आयोजना गरेको छ । जहाँ अहंकार त्यहाँ अन्धकार भन्ने अभियानका साथ ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रीको अवसर पारी बाजागाजा सहित ¥याली आयोजना गरेको हो ।
समाजमा रहेको अंहकार हटाउँदै संसारलाई उज्यालो बनाउन, ब्यक्तिको मन र स्वास्थ्य समेत स्वस्थ राख्न ब्यक्ति भित्र भएको अंहकार हटाउनु जरुरी रहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलिखेलकी प्रमुख लक्ष्मी दिदीले बताउनु भयो । ¥यालीमा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । धुलिखेलको बाँसघारीबाट शुरु भएको ¥याली नगरका विभिन्न स्थानमा गएर समापन भएको थियो ।









