बनेपा/सामाजिक सुरक्षाको ग्यारेन्टी सहित डिजिटल संसारतर्फ अघि बढ्ने उद्देश्यले ईम्प्रेसन नेपाल नामक संस्था गठन भएको छ । बनेपामा आयोजित भेलामा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो ।
अध्यक्ष ब्याञ्जुले नेकपा एमालेले जिल्ला अधिबेशनमा डिजिटल प्रविधि अपनाएको बताउँदै सबै नागरिकहरुलाई डिजिटल तर्फ उन्मुख गर्दै समृद्ध तर्फ उन्मुख हुनु पर्ने बताउनु भयो । कार्यक्रममा इम्प्रेसन नेपालका केन्द्रिय अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, जिफन्ट बागमती उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, इम्प्रेसन नेपालका केन्द्रिय सचिव रामकृष्ण बञ्जारा, जिफन्ट काभ्रेका सह इन्चार्ज मोहन गजुरेल, जिल्ला कमिटी सदस्य नवराज भुर्तेल, प्रेस चौतारी काभ्रेका इन्चार्ज नवराज बजगाई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तब्य राख्नु भएको थियो ।
अध्यक्ष विकास तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव मणिराम दाहालले संचालन गर्नु भएको थियो । अधिबेशनको बन्द सत्रले विकास तिमल्सिनाको अध्यक्षतामा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रदिप भण्डारी, सचिव मणिराम दाहाल, सह सचिव गिता पुर्काेटी, कोषाध्यक्ष अनिष पोखरेल, सदस्यहरुमा मालती कुँवर, सविना तिवारी, बालकृष्ण बजगाई, प्रविन भण्डारी, शुशिलराज गिरी, कपिल दनुवार रहेका छन् । केहि सदस्यहरु पछि मनोनित गर्ने बताईएको छ । निर्वाचित टिमलाई साप्ताहिक चेष्टाको तर्फबाट बधाई छ ।









