बनेपा/अन्तर्राष्ट्रिय ह्विल चियर दिवसको अवसर पारी बनेपा १३ भैंसेपाटीमा रहेको स्पाईनल इन्जरी अस्पतालमा ह्विल चियर प्रयोगकर्ताहरुले ¥याली तथा सास्कृतिक कार्यक्तम आयोजना गरेका छन् । मार्च १ का दिनलई ह्विल चियर प्रयोगकर्ताहरुले दिवसका रुपमा मनाउँदै आएका छन् ।
हरेक वर्ष राजधानीमा रहेको टुँडिखेलमा ह्विल चियर ¥याली गर्दै आएका थिए । ह्विलचियरका लागि बाटो हाम्रो अधिकार भन्ने नाराका साथ ह्विलचियर प्रयोगकर्ताहरुले सकारले निर्माण गर्ने संरचनाहरुलाई अपाङ्गमैत्री बनाउन माग गरेका छन् । अस्पतालका संस्थापक अध्यक्ष कनकमणी दिक्षितले विभिन्न कारण स्पाईनल गुमेका ब्यक्तिहरुका लागि भैसेपाटीमा रहेको अस्पताल सौगात भएको बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष उद्धव केसीले अस्पतालले दिएको सेवाका बारेमा नागरिकहरुले पाएको सन्तुष्टीसँगै अपाङ्गमैत्री ट्रेल र संरचनाहरु निर्माणमा तीन तहकै सरकारले ध्यान दिनु पर्ने बताउनु भयो । वडा अध्यक्ष सुर्यनारायण नापितले अस्पतालका लागि आवश्यक सहयोग गर्न वडा कार्यालय तयार रहेको बताउनु भयो । कार्यक्रममा अपाङ्गमैत्री वातावरणका साथै सांस्कृतिक कार्यक्रम र अस्पताल परिसरमा ¥यालीको आयोजना गरेका थिए । ह्विल चियरमा रहनेहरुले गित र संगित मार्फत सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।









