धुलिखेल/धुलिखेल नगरलाई पर्यटनको रुपमा विकास तथा संस्कृती सम्पदाको संरक्षणको निम्ति र सिंगो नेपालको मौलिक तथा साँस्कृतिक धिमे बाजाको सम्बद्र्धन तथा प्रबद्र्धनका निमित्त शिखलापुर धिमे जात्रा आयोजना हुने भएको छ ।
आगामी फागुन १४ गते शनिबारको दिन हुने उक्त धिमे जात्रामा काठमाडौं, भक्तपुर, ललितपुर लगाएत काभ्रे जिल्लाको २० खलहरु बिच धिमे प्रतिस्पर्धा हुने छ । धुलिखेलस्थित पुरानो बजारमा उक्त जात्रा विहान ११ बजेदेखि सुरु हुने आयोजकले बताएको छ ।
रोट्याक्ट क्लब अफ शिखलापुरले आयोजना गरेको उक्त जात्रा गोर्खा ब्रुअरीको प्रायोजन रहेको छ । धिमे जात्रा धुलिखेल नगरपालिका तथा रोटरी क्लब अफ धुलिखेलको संरक्षण, धुलिखेल न.पा. वडा नं. ६ र ७, ह्याण्ड इन ह्याण्ड फाउण्डेशन, परिवर्तनशील महिला समूहको सहयोगमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । जात्रामा २ सय ८३ बर्ष अघिको लाखे नाच प्रस्तुत गरिने आयोजकले बताएको छ ।









