कोलाती/हजुरलाई नमस्ते परोपकारी संस्था मार्फत भुम्लु गाँउपालिकाका दोस्रो चरणमा ३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्विटर र ज्याकेट निःशुल्क उपलब्ध गराईएको छ ।
स्थानीय तथा समाजसेवी हजुरलाई नमस्ते परोपकारी संस्थाका संस्थापक ताराबहादुर कुँवरले दोसा्रे चरणमा भुम्लुका विद्यालयमा स्विटर, ज्याकेट वितरण गरिएको बताउनु भयो । ‘स्वास्थ्य शिविर, सडक निर्माण तथा सामाजिक अभियानमा स्थानीय सरकारसँग हातेमालो गर्दै दोस्रो पटक विद्यालयमा न्यानो कपडा उपलब्ध गराएको हुँ’–संयोजक कुँवरले भन्नुभयो–‘संस्थाको तर्फबाट ब्यक्तिगत खर्चमा भुम्लु गाउँपालिकाका ३ वटा विद्यालयमा १ हजार थान स्विटर उपलब्ध गराएको छु ।’ भुम्लुको जनता मावि कोलाती, अरुणोदय मावि सिपाली र सेतीदेवी आधारभुत विद्यालय कामीडाँडा विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो ।
वितरण कार्यक्रममा भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले सहयागी संस्थाहरुलाई धन्यबाद दिनु भएको थियो । गाउँपालिका मात्रैले सबै क्षेत्रमा काम गर्न स्रोत साधनको कमी हुने भएकाले सहयोगी संस्थाहरु सँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताउनु भयो । उहाँहरुको सानो सहयोगले विद्यार्थीहरुका लागी ठुलो सहयोग हुने भएकाले गाँउपालिका र संघ संस्थाको सहकार्यमा आवश्यक ठाँउमा सहयोग गर्नुपर्ने बताउनु भयो । पालिका अध्यक्ष कुंवरले सहयोगी संस्थाहरुलाई धन्यबाद दिदै संघ संस्थाहरुलाई पनि सहयोग गरी गाउँपालिका सँग हातेमालो गर्न आग्रह गर्नु भएको थयो ।
कार्यक्रममा भुम्लु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शिबभक्ति वागमती टिपर ब्यबसायी संघका सल्लहकार शेर बहादुर कुंवर, संस्थाका अध्यक्ष क्रान्ती लामा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
। संस्थाका अध्यक्ष मार्फत केहि दिनमै ५ सय थान स्विटर निःशुल्क उपलब्ध गराउने संयोजक कुँवरले जानकारी दिनुभयो ।









