2026 April 24/ 11:25: 11pm

बनेपा/नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे शाखा, नेपाल हृदय रोग निवारण प्रतिष्ठान दोलखा शाखा र रोटरी क्लब धुलिखेल, धुलिखेल अस्पतालको सहयोगमा दोलखा अस्पताल, किर्नेटारको त्रीकुटेस्वर माध्यमिक विद्यालयका ८९ जना छात्र छात्र छात्राहरुको मुटु  परिक्षण गरिएको छ । 
    विद्यार्थीहरुमा हुने बाथ मुटु रोग तथा अन्य ब्यत्तिहरुमा हुने बाथ मुटु रोग सम्वन्धी परिक्षण गरिएको थियो । सोहि अवसरमा ८९ जना विद्यार्थी र १७ जना अन्य समुदायका ब्यक्तिहरुको परिक्षण गरिएको थियो । मुटु रोगको शिबिरमा बरिस्ठ बाल मुटु रोग विशेषज्ञ रोटेरियन डाक्टर अनिश जोशीको नेतृत्वमा सहयोगी डाक्टर सुमन कर्माचार्य, डाक्टर सन्दिप ओझा, डाक्टर सन्जय थापा र रुबेन खड्काले प्राबिधिक सहयोग गर्नु भएको थियो ।