धुलिखेल/अनेरास्ववियु र युवा संघ काभ्रेको आयोजनामा धुलिखेलमा सभामुख अग्नि सापकोटालाई कालो झण्डा प्रर्दशन गरिएको छ । विद्यार्थी र युवाले सभामुख सापकोटालाई संसदिय मर्यादा कायम नगरेको, सभामुखको भूमिका निश्पक्ष नभएको भन्दै कालो झण्डा देखाएका हुन् ।
धुलिखेलको एमाले चोकमा प्रदर्शन गरेका विद्यार्थी र युवाहरुलाई रोक्न प्रहरी, शशस्त्र प्रहरी र थप सुरक्षाका लागि नेपाली सेनाको टोली परिचालन गरिएको थियो । आन्दोलनका क्रममा केहि विद्यार्थी नेताहरु घाईते भएका थिए । विरोध पछि आयोजित कोण सभामा विद्यार्थी केन्द्रिय सदस्य शालिकराम पराजुली र युवा संघ काभ्रे संयोजक सागर रायमाझीले सम्बोधन गरेका थिए ।









