देवीटार/गोल्मा देवी आधारभुत विद्यालय धुलिखेल १ देवीटारमा शैक्षिक सत्र २०७७/७८ को छात्राबृत्ति पोशाक वितरण गरिएको छ ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयका १२५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।
प्रमुख अतिथी ब्याञ्जुले सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सके मात्र विद्यार्थीहरु संख्या बढ्ने र अभिभावककको मन जित्न सफल हुने बताउनु भयो । नगरपालिकाले नगर भित्रका सबै सामुदायीक विद्यालयमा एमजि एम एल लागस गरी विद्यार्थिहरुको शैक्षिक गुणस्तर उकास्न सहयोग पुग्ने बताउनु भयो । नगरले धुलिखेल नगरपालिका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई निशुल्क गरिएको बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्मा चौलागाई, वडा नम्बर १ का वडा अध्यक्ष रमेश घोरसाईने, नेकपा एमाले धुलिखेल नगरकमिटी अध्यक्ष दयाराम महत लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । विद्यालयमा १२५ जना विद्यार्थिहरुलाई विद्यालय पोषाक ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरिएको थियो । विद्यालयको प्रतिबेदन प्रस्तुत प्रध्यानाध्यापक गोविन्द घोरसाईनेले राख्नु भएको थियो । विद्यालयको आर्थिक अबस्था एकदमै न्युन भई ऋणत्मक अबस्थामा पुगेको र विद्यार्थी सख्या पनि ७० जना पुगेको अबस्थामा नयाँ ब्यबस्थापन आई विद्यालयलाई ऋण बाट मुक्त बनाई हाल विद्यार्थी संख्या समेत १२५ पुगेको बताउनु भयो । विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष उद्धब प्रसाद तिमल्सिनाको नेतृत्वमा गठन पश्चात शैक्षिक क्षेत्र समेत सुधार भई विद्यालयमा आबश्यक सम्पुर्ण कार्य गरेको बताउनु भयो । विद्यालय ब्यबस्गापन समितिका अध्यक्ष उद्धबप्रसाद तिमल्सिनाले आफु अध्यक्षमा निर्वाचित भएपछि विद्यालयमा शैक्षिक सुधार गरिएको बताउनु भयो ।अध्यक्ष तिमल्सिनाले विद्यालयमा आगामी शैक्षिक सत्रमा २०० जना विद्याथी पु¥याउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउनु भयो । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उद्धब प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।









