बनेपा/रोटरी क्लब अफ काभ्रे भ्यालीको आयोजनामा गत शुक्रबार नेपाल रेडक्रस भवन बनेपाको रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे शाखालाई रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ इड्वार्द्स्टाउन अस्ट्रेलियाद्धारा सहयोगमा प्राप्त दुई थान पेसेन्ट बेड, बेड मेट्रेस, सिरानी र बेड्साइड टेबुलहरु त्यस संस्थाद्वारा संचालित रक्त सन्चार केन्द्रलाई् हस्तान्तरण गरिएको थियो भने सोहि अवसरमा रत्तदान कार्यक्रम को समेत आयोजना गरिएको थियो ।
क्लबका संस्थापक अध्यक्ष अनुप कुमार श्रेष्ठले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको, बढ्दो कोरोना सङ्क्रमणका कारण देशभरका अस्पतालहरुमा रगत अभाव भइरहेको र रक्त सन्चार केन्द«ले अनुरोध गरेको हुदाँ विभिन्न संघ संस्थाहरु संग समन्वय गरि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियोे । उक्त कार्यक्रममा रोट¥याक्ट क्लब अफ काभ्रे भ्यालि, रोटरी सामुदायिक संघ (आरसीसी) राईनो, नेपाल ह्दयरोग निवारण प्रतिष्ठान काभ्रे, नेपाल रेडक्रस सोसाईटी काभ्रे, ब्लड डोनर्स एसोसिएसन, काभ्रे तथा माहालक्ष्मी इन्सुरेन्स को सहयोग रहेको थियो ।









