2026 April 24/ 11:25: 10pm

नाला/सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नाला शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर २ घिमिरे गाउँमा रहेको श्वेत वराह माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरि शुद्ध खानेपानी ब्यवस्थापनका लागि शुद्धीकरण मेसिन सहित खानेपानी  ट्याङ्की  प्रदान गरेको छ । 
बैंकका बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्ट तथा नाला शाखाका प्रमुख मुरारी खरेलले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवराम घिमिरे  र प्राचार्य जीवन भण्डारीलाई संयुक्त रूपमा  हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रम  बनेपा ननगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिशरण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । घिमिरेले बैकलार्ई धन्यबाद दिदै आगामी दिनमा समेत स्थानीय सरकार सँग समन्वय गरी सामाजिक उत्रदायित्व अन्र्तगतका कार्यक्रम गर्न आग्रह गर्नु भएको थियो । बैंकले गर्ने सहयोगको सहि सदुपयोग गर्न विद्यालयलाई समेत घिमिरेले आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट बंैकले शिक्षा, स्वास्थ र वातावरणका क्षेत्रमा योगदान गरि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा आफुलाई अग्रस्थानमा स्थापित गरेको बताउनु भयो । काभ्रे जिल्लामा सबैभन्दा धेरै ७ वटा शाखाहरु धुलिखेल, बनेपा, पनौती, साँगा, नाला, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेश उप–प्रमुख प्रचिता श्रेष्ठ, बनेपा शाखा प्रमुख अनिष थापा, धुलिखेल शाखा प्रमुख हरिकृष्ण दाहाल, बिद्यालयका शिक्षक,  विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम  संचालन विद्यालयका शिक्षक राजकुमार घिमिरे गर्नु भएको थियो ।