बनेपा/बागमती टिपर ब्यबसायी संघले टिपर हरुले ओभरलोड बोक्न नछाडे पछी खानी तथा क्रसरहरुलाई नै पत्र पठाएर ओभरलोड नगरिदन आग्रह गरेको छ ।
टिपर सघंका अध्यक्ष सुरेश खत्रीले भन्नु भयो हामिले हाम्रा सघका सदस्य टिपरहरुलाई धेरै पटक आग्रह ग-यौ तर उहाँहरुले अटेर गर्दे जानु भयो त्यसैले हामिले बाध्य भएर खानी तथा क्रसरलाइृ नै पत्र पठाउन बाध्य भएको बताउनु भयो । हामिले जिल्ला प्रशासन कार्यलय,जिल्ला प्रहरी कार्यलयलाई बोधार्थ पत्र पठाएर सबै टिपरहरुलाई सचेत गराएका छौ नमान्ने टिपरहरु कारवाहिको दायरामा ल्याउन सहयोग गर्ने खत्रीले बताउनु भयो । प्रहरी चौकीका हवल्दार समेश बैठाको नेतृत्वमा हिउवा पाटीबाट सामान गिट्टी, बालुवा सामान ओरलोड ल्याउने टिपरहरुलाई सामान झारेर थप कानुनी कारवाहि गर्दे आएको बताएको छ ।









