विकुनारायण ताम्राकार/पनौती
पनौतीमा हरेक १२ बर्षमा लाग्ने मकर मेलालाइ लक्षित गरेर स्मार्ट हेल्थ नेपालले माघ महिना भर पनौती बसपार्क, ब्रम्हायणी मन्दिर, परिसर र बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा हेल्थ क्याम्प सञ्चालन गरेको थियो ।
स्मार्ट हेल्थ नेपालको आयोजनमा माघ महिनाभर पनौती बसपार्क, ब्रम्हायणी मन्दिर परिसर र बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा सञ्चालन भएको उक्त क्याम्पमा पनौती नगरपालिका , पनौती प्रहरी चौकी, जिल्ला ट्राफिक कार्यालय काभ्रे, कालिजंग गण, पनौती जुनियर जेसिज, रोट्रयाक्ट क्लब अफ काभ्रे भ्याली, विजी क्याफे पनौती, वेष्ट एफ.एम. मुक्तिनाथ मन्दिर व्यवस्थापन समिती, हाइल्याण्ड आवासीय माध्यमिक विद्यालय, रेडक्रस उपशाखा सुब्बागाँउ लगायतका संस्थाहरुको सहकार्य रहेको थियो ।
मेला अवधीभर उक्त क्याम्प मार्फत पनौतीमा २५हजार ६ सय २५ पिस र मुक्तिनाथमा ५ हजार ६०० पिस गरी जम्मा ३१ हजार २सय २५ पिस माक्स वितरण गरिएको थियो । त्यस्तै उक्त क्याम्पमार्फत पनौतीमा १३०० र मुक्तिनाथमा २०१४ जना गरी जम्मा ३३१४ जनाको ब्लड प्रेसर परिक्षण ,पनौतीमा ५४ र मुक्तिनाथमा २० गरि जम्मा ७४ जनाको ड्रेसिङ, पनौतीमा ५८० र मुक्तिनाथमा ४३० गरी जम्मा १०१० लाई विभिन्न प्रकारका रोगका औषधीहरु वितरण गरी आवस्यक परामर्श पनि दिइएको थियो ।
त्यस्तै पनौतीमा मकर मेला दर्शनको क्रममा बेहोश हुनु भएका ४ जनाको सामान्य प्राथमीक उपचार गरी अस्पतालमा पठायको थियो भने मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आयका १५५ जना दर्शनार्थीको सुगरको पनि परीक्षण गरिएको थियो । उक्त क्याम्पमा बनेपा हेल्थ कियरको प्राविधिक सहयोग रहेको थियो भने अंकिता देउजा, अनुषा श्रेष्ठ, उपासना श्रेष्ठ र रेष्मा के.सी. गरी चारजना मेडिकल स्टाफले मास्क वितरण र त्यहाँ आएका बिरामीहरुको सामान्य उपचार गरेको थियो । त्यस्तै पनौती जुनियर जेसिस बर्ष २०२१ का अध्यक्ष विशाल तिमल्सिना, कार्यक्रम संयोजक सन्तोष तामाङ र पनौती जुनियर जेसिस बर्ष २०२० की अध्यक्ष अस्मिता उलक लगायत अन्य विभिन्न व्यक्तिहरु सक्रियतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।









