बनेपा/ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. बनेपा र बनेपा ४ नालामा रहेको महेश्वरी कृषि सहकारी संस्था बिच एकिकरण भएको छ ।
एकीकरण कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख बादेले नगरमा २ सय भन्दा बढी सहकारीहरु रहेकाले पहिलो प्राथमिकता एकिकरण नै रहेको बताउनु भयो । एकिकरण सँगै सहकारीका सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने उहाँले बताउनु भयो । अहिले नगरपालिका भित्र खल्तीमा सञ्चालन भएका सहकारीहरु धेरै रहेको बुझिएकाले त्यस्ता सहकारीहरुको छानबिन गरी कारवाहीको दायरामा ल्याउने र एकाध सहकारीहरुले गर्र्दा राम्रो सेवा दिएको सहकारीहरुलाई गलत सोच्न नहुने बादेको भनाई रहेको थियो । सहकारीहरुले नगरपालिकाको आर्थिक क्षेत्रमा थप टेवा पु¥याएको, रोजगारीको सिर्जना गरेका, सदस्यहरुको आर्थिक स्तर उकास्नका लागी सहयोग गरेको बताउनु भयो । कार्यक्रममा ज्योति बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष मुकन्द दाहालले सहकारीले सदस्यहरुलाई समान गर्ने बताउनु भयो । आपत् पर्दा नै सहकारीले सहयोग गरेकाले रोजाई नै सहकारी हो दाहालको भनाई थियो । ज्योतिले सदस्यहरुलाई आर्थिक कारोबार मात्रै नभएर रोजगारमुलक क्षेत्रमा सामुहिक लगानी गर्ने र ठाउँ अनुसार उत्पादन क्षेत्रमा लगानी गर्ने योजना रहेको बताउनु भयो । सहकारीको उद्देश्य भनेकै सदस्यहरुको आर्थिक उर्पाजनमा सहयोग गर्नु रहेकाले संस्थाले अब बहुदेश्यीय अन्र्तगत र्ने लगानी गरी रोजगारको सिर्जना गर्ने बताउनु भयो । संस्था एकिकरण पश्चात कुल कारोबार १ अर्व ६० करोड, सदस्य सख्या ६ हजार ५ सय, शेयर पुजीं ७ करोड ५० लाख, सेवा केन्द्र ६ वटा रहेको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता श्यामसुन्दर श्रेष्ठ लगायतका ब्यक्तिहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य महेश्वरी कृषि सहकारी संस्थालीका संस्थापक अध्यक्ष रामचन्द्र दवाडीले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष श्याम सापकोटाले गर्नु भएको थियो ।









