2026 April 25/ 12:24: 46am

    धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्ध बार्षिक समीक्षा र प्रगति सार्वजनिक गरेको छ । 
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा उक्त प्रतिबेदन सार्वजनीक गरेको हो । पाण्डेले जिल्ला प्रशासनले सेवा प्रवाहलाई सरल, सहज बनाउने प्रतिद्धता ब्यक्त गर्नु भएको थियो । हाम्रा अगाडी थुप्रै चुनौती र समस्या भएकाले सेवा प्रवाहलाई कमि हुन नदिने बताउनु भयो ।  
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख चक्रराज जोशीले जिल्लामा भएका अपराधहरुलाई न्युनीकरण गर्ने योजना रहेको बताउनु भयो । फरार रहेका अभियुक्तहरुलाई धमाधम नियन्त्रणमा लिईएको, दुर्घटनालाई न्युनीकरण गर्ने, जिल्लामा हुने अपरधलाई न्युनीकरण गर्ने नियम बिपरित सञ्चालन हुने सवारी साधनहरुलाई नियमन गर्ने कार्ययोजना रहेको बताउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी अमर दिप सुनुवारले ६ महिनामा १० हजार ३ सय ५९ नागरिता वितरण गरिएको, दरबन्दी अनुसार कर्मचारी कम भएपनि सेवा प्रभावमा कुनै कमी नआएको, सेवालाई प्रविधी मैत्री बनाउन लागिएको सुनारले बताउनु भयो । उहाँले बजार अनुगमनलाई निरन्तरता दिने बताउनु भयो ।