बनेपा/बनेपा नगरपालिकाको नवौं अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिबेशनमा आर्थिक वर्ष २०७८/७९ को पौष मसान्तसम्म गरेका कार्यहरुको समीक्षा र विषयगत समितिका प्रस्तावहरु पास गरेको थियो ।
नगर सभामा पूर्वाधार विकासको क्षेत्रगत प्रतिवेदन पूर्वाधार विकास समितिका संयोजक श्याम सुन्दर श्रेष्ठले, सामाजिक विकासको प्रतिबेदन संयोजक चन्द्र बहादुर खड्काले, वन वातावरण र विपद व्यबस्थापन तर्फको क्षेत्रगत प्रतिवेदन संयोजक शिवकुमार थापाले, सुशासन तथा संस्थागत विकासको क्षेत्रगत प्रतिबेदन संयोजक रामबहादुर कुँवरले सभामा प्रस्तुत भएको थियो । त्यसैगरी आर्थिक विकासको क्षेत्रगत प्रतिवेदन समितिका सदस्य कपिलदेव दुलालले राख्नु भएको थियो । सभामा नगरपालिकाको स्थानीय सेवा (गठन तथा सञ्चालन) विद्येयक २०७८ र विज्ञापन करका दररेट संसोधन सम्बन्धिी बिधेयक २०७८ विद्यायन समितिका संयोजक कृष्णप्रसाद दाहालले राख्नु भएको थियो । दुवै विधेयक सभामा सर्वसम्मति रुपमा पास गरिएको थियो ।
सभामा चालु आर्थिक वर्ष २०७८/७९ का लागि स्वीकृत योजना तथा कार्यक्रमहरुमा आवश्यकता अनुसार विभिन्न मितिमा कार्यपालिकाबाट भएको संशोधन तथा थपघट अनुमोदन गरी बाँकी अवधिका लागी समेत योजना तथा कार्यक्रममा आवश्यकता अनुसार संसोधन गर्ने अधिकार कार्यपालिकालाई प्रदान गर्ने नगर सभाबाट अनुमोदन गरिएको थियो । अधिबेशनमा नगर उपप्रमुखले नगरका समग्र विषयमा आफ्नो धारणा राख्नु भएको थियो । दाहालले नगरपालिकाको सक्रियातामा कोभिड–१९को कहाली लाग्दो संक्रमणको स्थितिबाट जोगिन सफल भएको, एन एन सि टी आर सगंको सहकार्यमा महिलाहरुको पाठेघरको क्यान्सर रोग रोकथाम तथा उपचार गर्दे आएको, बाबु आमा बिहीन बालबालिकाहरुलाई मासिक ३ हजार उपलब्ध गराउने ब्यबस्था मिलाएको र म बनाँउछु मेरो बनेपा भन्ने नारालाई विकासको मुल नारा बनाई आम जनताको ब्यापक सहभागितामा बनेपाको विकास गरेको बताउनु भयो । सभामा वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यनारायण नापीतले विचार ब्यक्त गर्नु भएको थियो । अधिबेशन कार्यसुचि अनुसार नगर अधिबेशन सभा अध्यक्ष लक्ष्मी नरसिं बादेले समापन गर्नु भएको थियो ।









