धुलिखेल/भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रले माघ २५ गते देखी फागुन २ गते सम्म जिल्ला ब्यापी पि.पि.आर. खोप अभियान सञ्चालन गरेको छ । खोप अभियानमा जिल्लाका १३ वटै स्थानिय तहमा रहेका भेडा बाख्राहरुलाई पि.पि. आर रोग विरुद्धको भ्याक्सिन लगाएको जनाएको छ । जिल्लामा रहेका भेडा बाख्राहरुलाई १ लाख ६५ हजार डोज भ्याक्सिन लगाउने भेटेरीनरी अस्पतालका प्रमखु डा. मोगल प्रसाद शाहले बताउनुभयो । डा.शाहले पशुमा लाग्ने विभिन्न रोगहरुको बारेमा जनप्रतिनिधीहरु सगं अन्तक्रिया गरीएको र आवश्यक सहयोगका लागी समन्वय गर्न आग्रह गर्नु भएको थियो । डा. शाहले १३ वटै पालिकामा ५२ जना पशु प्राबिधिक खटाई निशुल्क भ्याक्सिन लगाएको र खोप केन्द्र तोकी सञ्चालन गरिएको बताउनु भयो । शाहले यस अघि पनि ८५ हजार गाई भैसीलाई खोरेतको भ्याक्सिन लगाएको बताउनु भयो । उक्त भ्याक्सिन अभियानमा खोपको फोकल पर्सनको रुपमा पशु बिज्ञ केन्द्र काभे्रमा कार्यरत डा. नितेश कार्की लाई तोकिएको जनाएको छ । उक्त अभियान बनेपा नगपालिका वडा नम्बर १२ बाट शुरु गरिएको थियो । पशु प्राविधिकहरुलाई विदाई गर्दै डा. शाहले कुनै समस्या परेमा कार्यलयमा सम्पर्क राख्न समयमा नै काम सक्न निर्देशन दिनु भएको थियो । कार्यक्रममा भेटेरीनरी तथा पशु विज्ञ अस्पतालका बरिष्ठ पशु विकास अधिकृत राजकुमार हुमागाई लगाएतको सहभागिता रहेको थियो । भेडा वाख्रामा लाग्ने पि.पि आर बिरुद्धको अभियानमा विश्व पशु स्वास्थ्य सगंठन र एफ ए ओ ले सन २०३० सम्ममा उन्मुलन गर्ने रणनिति लिएको जनाएको छ ।









