2026 April 24/ 11:27: 06pm

    धुलिखेल/धुलिखेल नगरपालिकाले धुलिखेलको सरस्वती बजारमा सरस्वतीको प्रतिमा निर्माण गरी समुद्घाटन गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले प्रतिमाको अनावरण गर्नु भएको थियो । 
    धुलिखेल नगरपालिकाले पाँच वर्षमा ५० वटा भन्दा धेरै पार्कहरु निर्माण गरेको छ । सरस्वती पुजाको दिन उक्त प्रतिमाको अनावरण गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेलको इतिहासलाई स्मरण गराउँदै बाघको प्रतिमा राखिएको बताउनु भयो । ४० वर्ष अघि पुरानो पाटी सोहि स्थानमा रहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले जनप्रतिनिधि निर्वाचित भए लगत्तै जेष्ठ नागरिक र बालबालिकाहरुका लागि पार्क निर्माण गरिएको बताउनु भयो । परिस्कृत पार्कको निर्माण गरिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले धुलिखेलका हरेक वडामा पार्क निर्माण गरिएको बताउनु भयो । रमाईलो छत्रछाँया मुनी क्लबले उक्त प्रतिमा निर्माणका लागि समन्वय र सहजीकरण गरेको थियो । 
    कार्यक्रममा उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जु लगायतले धुलिखेल नगरपालिकाले सांस्कृतिक, धार्मिक अधिकारका लागि विभिन्न कार्यहरु गरेको बताउँदै नगरबासीहरुको हितका लागि कार्य गर्ने बताउनु भयो । सोहि स्थानमा नगरपालिकाले पोखरी, बाघको प्रतिमा सहित पार्कहरुको निर्माण गरेको छ ।  कार्यक्रम सिवी लामाले संचालन गर्नु भएको थियो ।