केबी पोलिक्लिनिक उच्च प्रबिधि सहित सञ्चालनमा
बनेपा/चण्डेश्वरी मेडिकल हलले आफ्नो स्वर्ण महोत्सवको अवसरमा केवि पोलिक्लिनिक फागुन १ गते देखी उच्च प्रविधि र थप ब्यवस्थापन सहित सञ्चालनमा आउने भएको छ ।
पोलिक्लिनिकका प्रमुख सुनिल बैद्यका अनुसार प्रविधिको विकाससँगै नयाँ प्रविधिका मेशिन र थप ब्यबस्थापन गरी क्लिनिक सञ्चालन गर्न लागिएको बताउनु भयो । बनेपा नगरपालिकामा लामो समयदेखी सञ्चालन गर्दे आएको र विरामीहरुको विश्वास जित्न सफल भएको उक्त क्लिनिकले केहि समय पछि अस्पताल सञ्चालन गर्ने बैद्यले बताउनु भयो । क्लिनिक सञ्चालनमा बरिष्ठ फिजिसिएन डा. आकाश बैध, बरिष्ठ बाल विशेषज्ञ डा.कबि राई, नाक कान घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काले सेवा दिने बताएको छ ।
क्लिनिक सञ्चालनको अवसरमा फागुन १ देखी ७ गते सम्म निःशुल्क स्वास्थ्य परिक्षण गर्ने, औषधीमा १५ प्रतिशत सम्म छुट दिने, ल्याब, एक्सरे, भिडियो एक्सरे, ई.सि.जि परिक्षणमा ३० प्रतिशत छुट दिने, सुगरका विरामीहरुका लागी फास्टिङ्ग, पि.पि र र्याडीम निःशुल्क परिक्षण गर्ने लगायतका सेवाहरु रहेको बताएको छ ।









