2026 April 24/ 11:25: 11pm

नाला/बनेपा नगरपालिका वडा नम्बर १ पाण्डे गाउँमा एतिहासिक बन भगवती मन्दिरको शिलान्यास गरिएको छ । 
बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादेले उक्त मन्दिरको शिल्यान्यास गर्नु भएको थियो । बादेले नगरपालिका भित्रका सम्पूर्ण सास्कृतिक सम्पदाहरुको संरक्षण गर्ने बताउनु भयो । पहिला हामीले हाम्रो धर्म र संस्कृति  जोगाउन सके मात्र हाम्रो समाज रहने भएकाले पहिले संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनु भयो । शिलन्यास कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेती, कार्यपालिका सदस्य प्रमिला पाण्डे र स्थानीय उपभोक्ताहरुक सहभागिता रहेको थियो ।
उक्त मन्दिरका लागी नगरपालिकाबाट १२ लाख र उपभोक्ताबाट १ लाख ३४ हजार गरि जम्मा १३ लाख ३४ हजारमा निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष श्री कृष्ण पाण्डेले बताउनु भयो ।