बनेपा/बनेपा नगरपालिका वडा नम्बर १० अन्तर्गत पुलबजारमा आगमी बैशाख १ गतेदेखी चिरायु कोल्ड स्टोरेज प्रालि स्थापना हुने भएको छ ।
साविक मायोज कारखाना सञ्चालन भएको ठाँउमा उक्त कोल्डमा बार्षिक ३९ हजार मेट्रिक टन भण्डार क्षमता रहने गरी सञ्चालनमा ल्याउन लागेको कोल्ड स्टोरेजका सञ्चालक प्रसाद ज्ञावालीले बताउनु भयो । उद्योग स्थापनका लागी कोल्ड स्टोरेल प्रालिले सार्वजानीक सुनुवाईको कार्यक्रम आयोजना गरेको छ ।
सार्वजानिक सुनुवाईमा बनेपा नगरपालिका वडा नम्बर १०का वडा अध्यक्ष चन्द्र वहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी खड्काले उद्योग स्थापना गर्दा वातावरण प्रदूषण रहित हुनुपर्ने, विशेषगरी नगरपालिका भित्रका कृषि सामग्रीहरुलाई स्टोरेजका लागी प्राथमिकता दिनुपर्ने, स्थानीयलाई क्षमता र योग्यता अनुसारको रोजगारीका लागी प्राथमिकता दिनुपर्ने र स्थानिय सरकारको प्रतिनिधत्व हुने गरी उद्योग सञ्चालन गर्न आग्रह गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्टोरेजका सञ्चालक प्रसाद ज्ञवालीले स्टोरेज आगामी बैशाख १ गते देखी सञ्चालनका लागी तयारी गरिएको, उक्त स्टोरेज सञ्चालनमा आएपछि काभ्रेबासीहरुले काठमाडौसम्म जानुपर्ने बाध्यता हट्ने, कृषि सामाग्रीहरुको उचित मुल्य पाउने, तरकारी, फलफुल, ड्राई फुड्स, मसला, मासु आदीको भण्डार गरी विग्रन बाट बचाउने र प्रविधि युक्त मेशिन मार्फत उक्त कृषि सामाग्रीको कोल्ड स्टोरेज गराउने बताउनु भयो । सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानियबासी, जन प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।









