बनेपा/बनेपा नगरपालिका वडा नम्बर ३ टुसालस्थित चामुण्डादेवी मन्दिरको उद्गमस्थल सम्म जानेबाटोमा वडास्तरीय योजना अन्तर्गत सिँढी निर्माण गरिएको छ । मन्दिरको गुरु योजना अनुसार सिढी निमार्ण गरिएको उपभोक्ता समितीका अध्यक्ष उदय केसीले बताउनु भयो । उक्त सिँढी निर्माणका लागि वडाबाट १ लाख र उपभोक्ताको लागत सहभागितामा निर्माण भएको केसीले बताउनु भयो । सिँढी निर्माणका लागी बागमती प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको समेत केसीले बताउनु भयो ।









