धुलिखेल/नेपाल प्रहरीले विभिन्न अदालतबाट दोषि ठहर भई फरार रहेका ब्यक्तिहरुलाई पक्राउ गर्ने क्रम तिब्र बनाएको छ । पछिल्ला केहि दिनमा प्रहरीले तीनजना फरार ब्यक्तिलाई पक्राउ गरी अदालत बुझाएको छ ।
पक्राउ पर्नेमा रोशी गाउँपालिका ११ घर भई लागु औषध मुद्दामा १ वर्ष ९ महिना ६ दिन कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका २४ बर्षिय सन्तोष भनिने सन्तबहादुर रुचाल मगर रहेका छन् । उनलाई अदालतले २०७१ साल फागुन १९ गते दोषि ठहर गरेको थियो । त्यस्तै धुलिखेल २ रविओपी घर भएका २८ बर्षिय मिलन भन्ने दिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनुभयो । तामाङले चोरी गरेको अभियोगमा अदालतले २०७२ माघ २ गते र २०७६ माघ ८ गते २ महिना ११ दिन कैद र एक हजार जरिवाना गर्नै फैसला सुनाएको थियो ।
प्रहरीले धुलिखेल ६ चोच्छेटोलका ३५ बर्षिय सुमन कर्माचार्यलाई जालसाजी मुद्दामा दोषि भई फरार रहेको अभियोगमा पक्राउ गरेको छ । अदालतले २०७६ पुष २३ गते जालसाजी मुद्दामा कर्माचार्यलाई १० हजार जरिवाना गरेको थियो ।









