भकुण्डेबेशी/नेपालका लागि नर्वेली राजदूत टोरन ड्रमडालले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत महिलामैत्री कार्यक्रमको प्रशंसा गरेका छन् ।
नर्वेली राजदूतावासले इसिमोडमार्फत नमोबुद्ध नगरपालिकाका ६ वटा वडामा जलवायु अनुकुलन समाधान ९च्ःक्० कार्यक्रम सञ्चालन गरिरहेको छ । सिप्रेडमार्फत कार्यान्वयन भइरहेको यो कार्यक्रमको आज बुधबार स्थलगत अवलोकन गर्दै राजदूत ड्रमडालले कार्यक्रम सफल देखिएको भन्दै कार्यक्रमममा महिलाहरुको सहभागिता प्रशंसनीय भएको बताउनुभयो । कार्यक्रम कार्यान्वयनको क्रममा महिलाले पुरुषलाई पनि सँगसँगै लिएर गएकाले कार्यक्रमको प्रभावकारिता अझै बढेको उहाँले बताउनुभयो । यस्तै अनुगमनको क्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले जलवायुमैत्री कार्यक्रम अन्तर्गत थोरै पैसामा जसले पनि गर्न सकिने कामहरु राम्रोसँग भएको भन्दै खुशी व्यक्त गर्नुभयो । नमोबुद्ध नगरपालिकासँगै अन्य नगरपालिकाले पनि यस्तो कार्य गर्न सके किसानहरुले राम्रोसँग लाभ लिनसक्ने उहाँले बताउनुभयो ।
यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाले नमोबुद्धमा यो कार्यक्रम सफलरुपमा सञ्चालन भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । अनुगमन टोलीमा इसिमोडबाट इरिका उदास, माधव ढकाल, नर्वेली दूताबासबाट कमला बिष्ट, शरद कर्माचार्य, नमोबुद्ध २ का वडा अध्यक्ष सञ्जीव ढकाल, सिप्रेडका रामदेव साह लगायत पनि सहभागी थिए ।









