2026 April 24/ 10:27: 00pm

पनौती/उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बनेपा हेल्थ केयर प्रा.लि. बिच सहकारीका शेयर सदस्यहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 
सहकारीका शेयर सदस्यहरुलाई औषधीमा १० प्रतिशत, दन्त सेवामा २० प्रतिशत, ल्याब परिक्षण सेवामा २० प्रतिशत र एक्स रे, फिजियो थेरापि सेवामा २० प्रतिशत छुट दिने सहमति भएको संस्थाका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष रोशन श्रेष्ठले र बनेपा हेल्थ केयरका अध्यक्ष जितेन्द्र कुमार थापाले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । सम्झौताको अबधि १ वर्षको रहने र दुवै पक्षले विभिन्न सेवाका स्वास्थ्य शिविर, र शिविरमा लाग्ने औषधीहरुमा सहकार्य गरी सामाजिक गतिविधि गर्ने सहमति भएको श्रेष्ठले बताउनु भयो । सदस्यहरुलाई बढी भन्दा बढी सेवा सुविधा र सहुलियत प्रदान गरी सहकारीतामा आफ्नोपनको आभाष दिनका लागी उक्त सम्झौता गरिएको बताउनु भयो । सहकारीले शेयर सदस्यहरुलाई विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आएको, आत्मनिर्भरका लागी सहुलियतमा ऋण प्रवाह गर्दै आएको बताउनु भयो । सहकारीले उक्त संस्था सँग स्वास्थ्य क्षेत्रमा समेत थप सहुलियत प्रदान गर्नका लागी उक्त सम्झौता गरिएको बताउनु भयो ।