नाला/बनेपा नगरपालिका वडा नं ३ का रोहित दंगालले आफ्नो जन्मदिनको अवसर पारेर स्व. माता गोमा दंगालको स्मृतिमा बनेपा नगरपालिका २ स्थित डुँडामुख बाघा खोरको पार्कमा हनुमान मन्दिर स्थापना गर्नुभएको छ ।
जन्मदिनमा आमाको सम्झना गर्दै आफुले हनुमान मन्दिरको स्थापना गरेको दंगालले बताउनु भयो । दंगालले सधैँ सामाजिक कार्य गर्न र पुर्ण सामाजिक जीवन बिताउन रुचि लाग्ने बताउनु भयो । माता गोमा दंगालको सम्झनामा गरिएको मन्दिर स्थापना कार्यक्रममा स्थानीय वासिन्दाहरु, विभिन्न पार्टीका नेता, जनप्रतिनिधिहरु एवं युवा समुहको उपस्थिति रहेको थियो ।









