2026 April 24/ 10:26: 24pm

    धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेले राहदानी विभागको ब्यवस्थापनमा विद्युतीय राहदानी वितरण शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विद्युतीय राहदानी वितरणको शुभारम्भ गर्नु भएको थियो । 
    काभ्रे मण्डनदेउपुर १२ ज्याम्दीका युवराज पराजुलीले पहिलो विद्युतीय राहदानीका लागि फाराम भरेका थिए । राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । आपत्कालिन राहदानीका लागि १२ हजार रुपैयाँ तिर्नुपर्ने छ । साधारण राहदानीका लागि ५ हजार रुपैया तिर्नुपर्ने छ । अहिले जिल्ला प्रशासन कार्यालय काभ्रेको अन्य सेवा बन्द भए पनि राहदानीका लागि खुल्ला गरिएको छ । राहदानीको शुरुवात गर्ने कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, शाखा अधिकृत तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउनेहरुको भिड बढेको छ । अहिले दैनिक १० जनालाई राहदानी वितरण भए पनि अब दैनिक ५० जनालाई वितरण गर्न सकिने छ । राहदानीको राजश्व तिर्ने प्रशासन कार्यालयले बंैकको शाखा खोल्ने तयारी गरेको छ ।