2026 April 24/ 10:26: 25pm

    बनेपा/काभ्रे बहिरा बिकास सघंको आयोजना तथा बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोगमा एक हप्ते बुनाई तथा सिपमूलक तालिम समापन भएको छ । 
    शारिरीक अपाङ्गता, बहिरा, दृष्टिबिहिन, बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुलाई तालिम प्रदान गरिएको काभ्रे बहिरा विकास संघकी उपाध्यक्ष शर्मिला मानन्धरले बताउनु भयो । संघले गत वर्ष बेसिक तालिम प्रदान गरेको र यस वर्ष एड्भान्स तालिम प्रदान गरी सहभागीहरुलाई उत्पादन मुलक आय आर्जन गरी आत्मनिर्भर हुन सहयोग पुग्ने मानन्धरले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी तथा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले उनिहरुका लागी कस्तो खालको शिपमुलक तालिम आवश्यक हो नगरपालिकाले उपलब्ध गराउने बताउनु भयो । तालिम कस्तो र कुन खालको आवश्यकता हो त्यहि अनुसारको तालिम प्रदान गर्न नगरपालिका तयार रहेको बादेले बताउनु भयो । उनिहरुको क्षमता अनुसारको आत्मनिर्भर बनाउने तालिम प्रदान गर्नु पर्ने नगर प्रमुख बादेले बताउनु भयो । कार्यक्रमका विशेष अतिथी तथा उपप्रमुख रेखा सापकोटा दाहालले कोरोनाका समयमा खाली बस्नुपर्ने समयमा क्षमता अभिबृद्धि तालिम प्रदान भएकोमा धन्यबाद दिनु भएको छ । 
    नगरले नगरलाई किशोरी मैत्री नगरपालिका बनाउन लागेकाले उनिहरुलाई स्वास्थ्य प्रजनन्, हिंसा र जीवनपयोगी तालिम प्रदान गर्दै आएको दाहालले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अधिकृत बिजया सुबेदी, काभ्रे बहिरा विद्यालयकी प्रधानाध्यापक कृष्णप्यारी नर्कमी लगाएतले तालिमका विषयमा मन्तब्य राख्नु भएको थियो । तालिममा २० जनाको सहभागिता रहेको थियो भने तालिममा उत्पादन गरिएका सामान बजारमा विक्री गरिएको थियो । कार्यक्रम काभ्रे बहिरा विकास संघका अध्यक्ष बिरबहादुर बोगटीको सभापतित्वमा सम्पन्न भएको थियो ।