2026 April 24/ 09:45: 24pm

    धुलिखेल/माघ ७ गते भुम्लु गाउँपालिका वडा नम्वर ८ स्थित ईन्द्रावती र सुनकोशी नदी दोभानको बगरमा एक जोडी महिला र पुरुषको कपडा सहितका सामाग्री फेला परेको छ । स्थानीयको सूचनाका आधारमा प्रहरीले कपडाहरु, जूत्ता, केटा र केटीको पर्स तथा घडी लगायतका सामाग्रीहरु बरामद गरेको छ ।
    साविक ढुंखर्क गाविस घर भई पनौती नगरपालिका वडा नम्बर खरीबोट बस्ने ४० बर्षिय माधवप्रसाद फुँयाल र नमोबुद्ध नगरपालिका वडा नम्बर ५ बस्ने श्रीजना भण्डारी कोईरालाका सामान भएको बरामदीबाट पुष्टी भएको छ । कोईराला र फुँयाल लामो समय देखि सम्बन्धमा रहेको चर्चा थियो । कोईरालाका श्रीमान् विदेशमा रहेका बखत फुँयालसँग सम्बन्ध भएको हो । फुँयालको घरमा श्रीमती सहित बच्चाहरु छन् । होटल तथा अन्य ब्यवसायबाट ऋणमा परेका फुँयाल केहि महिना देखि मानसिक तनावमा थिए । उनिहरुका कपडा सहितका सामानहरु बरामद भए पछि प्रहरीले थप अनुसन्धान थालेको छ ।
    उनिहरु सुनकोशीमा बेपत्ता भए वा सामान त्यहि छाडेर अन्यत्र गए ? प्रहरी र आफन्तले अनुसन्धान थालेका छन् । परिवारले उनिहरुको खोजतलासका लागि माघ २ गते देखि सम्पर्क विहिन भएको भन्दै खोजतलासका लागि निवेदन दिएका छन् ।