2026 April 24/ 09:45: 18pm

बनेपा/साविक बनेपा नगरपालिकाको ८ वटा गणेशको मन्दिरहरु मध्ये वकुटोलमा रहेको २ सय ३० वर्ष पुरानो गणेश मन्दिरको पुरानै शैलीमा मन्दिर निर्माण गर्न लागिएको छ ।
२ सय ३० वर्ष पुरानो गणेशको मन्दिरलाई ९० सालको भुकम्पले भत्काएपछि सामान्य पुननिर्माण गरिएको थियो र २०७२ सालको भुकम्पले पुन उक्त मन्दिर भत्काए पछि नगरपालिकाले पुरानै शैलीमा २ तले गणेशको मन्दिर निर्माण गर्न लागेको हो ।  उक्त मन्दिरको शिल्यान्यास बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका बिच गर्नु भएको छ । नगर प्रमुख बादेले नगरका सम्पूर्ण संस्कृति सम्पदालाई जगेर्ना गर्ने नगरपालिकाको दायित्व भएकाले सम्पूर्ण पोखरी, ढुङ्गेधारा, पाटी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने बताउनु भयो । नगरले नगरको संस्कृती जोगाउनका लागी लाग्ने तर नगरबासीहरुको समेत सहयोग चाहिने भएकाले सम्पूर्ण नगरबासीहरुले संस्कृती सम्पदाहरुको संरक्षण गर्नु पर्ने बताउनु भयो । उक्त मन्दिर निर्माणका लागी नगरपालिकाले २० लाख, वडा नम्बर ७ बाट २ लाख र उपभोक्ता समितिबाट २२ लाख राखी ४४ लाखमा निर्माण गर्न लागीएको उपभोक्ता समितीका अध्यक्ष शोक सुधार भैलले बताउनु भयो । भैलले उक्त मन्दिर निमार्णका लागी स्थानियबासीबाट नै २२ लाख उठाई निर्माण गरिने र मन्दिर सँगै रहेको पोखरीको बिचमा १२फिट अग्लो ढलौटको गणेशको मुर्ति राखिने बताउनु भयो ।
उक्त अभियानका लागी नगरबासीहरुलाई भैलले सहयोग गर्न आग्रह गर्दे उक्त मुर्ति स्थापना पछि बनेपको पहिचान, पर्यटक सौन्दर्य फेरिने बताउनु भयो । आफ्नो ठाउँको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले सबै स्थानीय तथा नगरबासीलाई सहयोग गर्न भैलले आग्रह गर्नु भएको हो । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष बर्ण शाक्य, वडा सदस्य अनिल भैल, रामप्यारी श्रेष्ठ, स्थानीयको सहभागीता रहेको थियो ।