भंैसेपाटी/बनेपा नगरपालिका वडा नम्बर १३ को वासुकीमा पञ्चकन्या सेतिदेवी मन्दिरको शिल्यान्या गरिएको छ ।
मन्दिरको शिल्यान्यास जिल्ला समन्वय प्रमुख उद्धब केसी तथा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले सयुक्त रुपमा गर्नु भएको थियो । उक्त बासुकी सामुदायिक मन्दिरमा धार्मिक पर्यटन, पिकनिक स्पोर्ट, पर्यटक क्षेत्र भएकाले मन्दिर निमार्ण गर्न लागिएको उपभोक्ता समितीका अध्यक्ष कृष्ण बहादुर भुजेलले बताउनस भयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धब केसीले उक्त ठाँउमा नेपालमै पहिलो हिवल चियर मार्ग निर्माण भएको, फिल्म सिटी निर्माणको प्रक्रिया अगाडी बढेको, काठमाडौबाट नजिकै पर्यटनका लागी अति उपयुक्त ठाउँ भएकाले थप धार्मिक स्थान बनाउन लागीएको बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले नगरका सबै वडालाई पर्यटकीय बनाउन लागेकाले नगरले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । बादेले भौतिक सुविधा सगै नगर बासीहरुको आर्थिक स्तर समेत उकास्न लागेको बताउनु भयो । विभिन्न खालका शिपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउदै आएको बादेले बताउनु भयो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष सुर्य नारायण श्रेष्ठ, कार्यपालिका सदस्य सुरेन्द्र भुजेल, वडा सदस्यहरु सरिता श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उक्त मन्दिरका लागि नगरपालिकाबाट ७ लाख विनियोजन भएको र उपभोक्ता मार्फत थप गरी निर्माण गरिने बताएको छ । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो ।









