धुलिखेल/प्रजापिता ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलिखेलले माघ ४ गते मंगलबार प्रजापति ब्रम्हा बाबाको स्मृति दिवसको अवसर पारी शिक्षा तथा योग तपस्या गरी मनाईएको छ ।
१८ जनवरीमा पिता ब्रम्हाबाबाले आफ्नो भौतिक देह त्याग गरी कर्मशिल हुनुभई सम्पूर्णता प्राप्त गर्नु भएको थियो । त्यस दिन विश्वभरी रहेका सम्पूर्ण सेवा केन्द्रमा विश्वशान्ति समर्थ दिवसको रुपमा मनाई स्थना स्थानमा योग तपस्या चलिरहेको हुन्छ । धुलिखेल सेवा केन्द्रमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र प्रमुख लक्ष्मी घिमिरे दिदी र विके विवय प्रकाश श्रेष्ठ भाईले मन्तब्य राख्नु भएको थियो । बाबाका अन्तिम मुख्य शिक्षामा निराकारी, निर्विकारी र निहंकारी बन्नु पर्ने बताउँदै जो कर्म गर्छु मलाई देखेर अरुले पनि गर्नेछ भन्ने कुरालाई सदा स्मृतिमा राखेर सदैव एक शिव बाबा परमपिता परमात्मा पशुपति नाथ ज्योती स्वरुपको याद गरि राख्नु भई यादबाट नै विकार रुपी भुत हटाई सफलता प्राप्त गर्ने सन्देश प्रदान गरिएको थियो ।









