धुलिखेल/नेपाल निजामती कर्मचारी संगठन जिल्ला समिति काभ्रेको ११ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन निजामती कर्मचारी संगठन राष्ट्रिय अधिबेशन आयोजक कमिटीका सह–संयोजक लेखनाथ कोइरालाले गर्नु भएको थियो । कोईरालाले कर्मचारीहरुको प्यारो सगंठन कर्मचारीहरुमा परेका समस्याहरुको समाधान गर्ने उदेश्यले गठन भएको बताउनु भयो । पुरानो र कर्मचारीहरुले धेरै मायागरेको सगंठन भएकाले निजामती कर्मचारीहरु समाबेश भएको कोईरालाले बताउनु भयो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका उप–प्रमुख विमला कुमारी शर्मा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, केन्द्रीय आयोजक कमिटी कार्यालय सदस्य भवानी दाहाल, काभ्रे जिल्ला इन्चार्ज भवानी सापकोटा, सहकारी अध्यक्ष विजया लक्ष्मी सुवेदी, आधिकारिक ट्रेड युनियन काभ्रेका अध्यक्ष राजकुमार हुमागाईं, पेसागत महासघंका अध्यक्ष हरिश्चन्द्र लामिछाने, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष हरिकृष्ण तिमल्सिना, स्थानीय निकाय कर्मचारी संगठका केन्द्रिय सदस्य सनमान तामाङ, स्थानीय निकाय कर्मचारी संगठनका जिल्ला अध्यक्ष तारा बञ्जारा, स्वास्थ्य प्राविधिक सङ्घका अध्यक्ष सन्दिप केसी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संगठनका पूर्व पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
अधिबेशनको बन्द सत्रले गायत्रीरमण घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । समितिको उपाध्यक्ष कविता सिवाकोटी र देवबहादुर बस्नेत, सचिव विनोद रसाइली, सहसचिव बलराम पौडेल, कोषाध्यक्ष महेन्द्र राउत रहनु भएको छ । कार्यक्रम सगंठनका अधयक्ष सरदचन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।









