2026 April 24/ 08:53: 06pm

काभ्रे/पतंजली योग समिति बाग्मती प्रदेशको तेस्रो बार्षिक साधारण सभा उद्घाटन बाग्मती प्रदेशका पूर्व मुख्य मन्त्री डोरमणी पौडेलले गर्नुभएको थियो  । 
कार्यक्रमका अवसरमा पूर्व मूख्यमन्त्री पौडेलले पतंजली योग समितिको सकृयताले कोभिड् जस्तो विषम् परिस्थितिमा पनि विभिन्न योग जागरण कार्यक्रम विभिन्न सामाजिक कृयाकलापलाई निरन्तरता दिई मावन स्वास्थ्य प्रति पु¥याएको योगदान प्रति प्रसंसा गर्नुभयो । कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्र, सह–केन्द्रिय प्रभारी ललित शंकर योगी, सह–केन्द्रिय प्रभारी अर्चना घिमिरेले पुरस्कृत जिल्लाहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा पतंजली योग समिति नेपालका मूख्य केन्द्रिय प्रभारी, सह केन्द्रिय प्रभारीहरु, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, विभिन्न प्रदेशका पदाधिकारीहरु, बाग्मती प्रदेशका पदाधिकारीहरुबाट मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा बाग्मती प्रदेश साधारण सभामा काभ्रे जिल्लाबाट बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, अध्यक्ष हरीशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, नि.व. अध्यक्ष अञ्जना श्रेष्ठ, उपाध्यक्ष ईन्दिरा तौजले, जिल्ला संगठन मन्त्री श्याम कुमार श्रेष्ठ, महिला संगठन मन्त्री पून्य श्रेष्ठ, कोषाध्यक्ष कान्छा कुमार श्रेष्ठ लगायतका योग पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा बाग्मती प्रदेशभरी काभ्रे जिल्लालाई उत्कृष्ट योग जिल्लाको रुपमा सम्मान र पुरस्कृत गरिएको थियो । त्यस्तै बाग्मती प्रदेशले ५०० भन्दा बढी आयोजना गरिरहेको कार्यक्रमहरु मध्ये पतंजली योग समिति मकवानपूर र सिन्धुली जिल्लालाई अनुशासन विधामा र काठमाडौँ जिल्लालाई उत्कृष्ट सहभागिता जिल्लाको रुपमा पुरस्कृत गरिएको थियो । 
    कार्यक्रमको सभापति पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले गर्न भएको थियो । तौजलेले स्वस्थ जीवनको लागि प्रदेशभरी नै योग जागरण अभियान चलाएको र योग जागरण दिन–प्रतिदिन रुपमा हजारौँको संख्याले योग अभ्यास गरी स्वास्थ्य लाभ लिईरहेको र आगामी दिनमा पनि झन् सकृय रुपमा यस अभियान प्रति लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।