2026 April 24/ 08:53: 07pm

काभ्रे/निजी तथा आवासिय अर्गनाईजेशन नेपाल (प्याबसन)को १४ औ जिल्ला अधिबेशनबाट श्याम भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 
समितीको बरिष्ठ उपाध्यक्षमा महेन्द्र थिङ,  उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव छविरमण पराजुली, कोषाध्यक्ष वसन्तराज नेपाल, सह–सचिव युगबहादुर पन्त, सहकोषाध्यक्ष अर्जुन थापा, सदस्यहरुमा दिपेन्द्रबहादुर विष्ट, कृष्णसून्दर थापा, इन्दु थापा, उमा बस्नेत र दामोदर दाहाल महाधिवेशन प्रतिनिधिमा सुशिला पौडेल, रोजिना केसी, रणबहादुर खड्का रहनु भएको छ । 
कार्यक्रम उद्घाटन प्याब्सनका केन्द्रिय सह अध्यक्ष डिके ढुङ्गानाले गर्नु भएको थियो । ढुङ्गानाले राज्यले अझै पनि निजी बिद्यालयहरुलाई विभेद गरेको बताउनु भयो । कोरोनाका समयमा लामो समयसम्म विद्यालय बन्द हुदाँ समेत कुनै सहयोग प्राप्त नभएको धेरै विद्यालयहरु संकटमा परेको बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिकका नगर प्रमु भिम न्यौपाने, प्याब्सनको केन्द्रिय महासचिव कुमार घिमिरे उप महासचिब आरबी कटवाल, सचिव भिमसेन केसी, केन्द्रिय सदस्यहरु हिरा शर्मा नेपाल, सत्यनारायण श्रेष्ठ, वागमती प्रदेश सचिब राममणी सापकोटा प्याब्सन काभ्रेका तदर्थ समितिका संयोजक रवि श्रेष्ठ लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा प्याब्सनको वार्षिक प्रतिवेदन सचिव सुजेन्द्र श्रेष्ठले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष बसन्तराज नेपालले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले राख्नु भएको थियो भने सञ्चालन सचिव सुजेन्द्र श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रम प्याब्सनका अध्यक्ष पूर्णकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।