2026 April 24/ 09:46: 27pm

उद्धबप्रसाद अधिकारी/पाँचखाल
नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडल पाँचखाल उपशाखाले मृत्यु दावी भुक्तानी मृतकको घरमै गएर २० लाख ५४ हजार रकम हस्तान्तरण गरेको छ । पाँचखाल नगरपालिका वडा नम्बर ४का १९ वर्षिय रोहन मलेकारको गत मंसिरमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको थियो । उक्त मलेकारको ईन्सोरेन्स गरेको १ वर्ष नपुग्दै मृत्यु भएपश्चात उक्त रकम हस्तान्तरण गरिएकोे ईन्सोरेन्स पाँचखाल उपशाखाका प्रमुख विनय सापकोटाले बताउनु भयो । विमा रकम हस्तान्तरण पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङले गर्नु भएको थियो । तामाङले आफुले कमाएको केहि रकम छुट्टयाएर विमा गर्न सबैलाई आग्रह गर्नु भएको थियो । जीवन विमा जस्तो मानिसको जीवनसँग जोडिएको जोखिम बिरुद्धको सुरक्षा सामाजिक कार्यमा सक्रिय भै लाग्ने बताउनु भयो । आजको दिनमा जोखिमकै हिसाबले विमा अति नै आवश्यक रहेको र भविष्यको लागी आर्थिक सहारा हुने तामाङले वताउनु भयो । कार्यक्रममा पाँचखालका यूवा ब्यबसायी नविन निरौला, स्वच्छा साकोसका प्रवन्धक सन्तोष नापित लगायतका व्यक्तिहरुले उक्त कार्यको प्रशंसा गर्नु भएको थियो ।