2026 April 24/ 09:45: 24pm

 काठमाडौ/राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको प्रथम वैठक महासंघको कार्यालय शंखमूलमा सम्पन्न भएको छ । 
निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण अध्यक्ष छत्र बहादुर प्रधानबाट गराईएको थियो । सपथ ग्रहण पश्चात् औपचारिक रूपमा संचालन भएको वैठकले ज्येष्ठ नागरिकको पक्षमा महासंघको आगामी रणनीति तथा कार्यक्रम सहित महासंघ अन्तर्गत रहेका ७४ जिल्लामा स्थापित ज्येष्ठ नागरिक जिल्ला संघहरूको स्तरोन्ती र वृद्धि विकास लगायत विभिन्न ९ बुँदे विषयगत छलफल गरि विभिन्न निर्णयहरू गरिएका छन् । 
पूर्व मेचि देखि पश्चिम महाकालीलाई प्रतिनिधित्व गर्दैे वैठकमा उपस्थित कार्य समिति पदाधिकारी एवं सदस्यहरूद्वारा प्रस्तुत विचारहरूलाई आत्मासाथ गर्दै, आ–आफ्नो तह र तप्कावाट समग्र ज्येष्ठ नागरिकको हक, हित र अधिकारका लागि प्रतिवद्ध रही सकृय रहन अनुरोध गर्दै अध्यक्ष प्रधानले वैठकको समापन भएको थियो ।