2026 April 24/ 09:45: 26pm

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा नगर भित्रका स्वास्थ्यकर्मिहरुलाई खोप सम्बन्धी तालिमको आयोजना गरेको छ । 
बालबालिकाहरुलाई तथा विभिन्न रोग विरुद्ध लड्नका लागी दिईने खोपहरुका बारेमा उक्त तालिम प्रदान गरिएको बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले बताउनु भयो । स्वास्थ्य कर्मिहरुलाई खोपको अपडेट तथा एड्भान्स तालिम नगरपालिकाले प्रदान गरेको उप्रेतीले बताउनु भयो । स्वास्थ्य कर्मिहरुको स्वास्थ्य क्षेत्रमा नगरबासीहरु प्रति ठुलो विश्वास र भरोसा रहेकाले सोहि अनुसार कार्य गर्न आग्रह गर्नु भएको थियो । कोरनाको महामारीमा होस वा कुनै पनि विमतीमा स्वास्थयकर्मिहरुले ठुलो योगदान गर्नु भएकाले नगरपालिकाको तर्फबाट गर्नु पर्ने सम्पुर्ण सेवा सुविधामा कुनै बाकिं नराख्ने प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रतीले बताउनु भयो । तालिमको उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषेतमा सेढाई, बनेपा नगरपालिका प्रमुख शम्भु कुमार महतो, स्वास्थ्य स्वास्थ्य शाखाकी सिता भट्टराईले मन्तब्य राख्नु भएको थियो । तालिममा प्रशिक्षण स्वास्थ्य कार्यलयका विन्दा बडाल र तुल्सी प्रसाद सुबेदीले प्रशिक्षण दिनु हुने जनाएको छ भने तालिम ४ दिन सम्म चल्ने बताएको छ ।