बनेपा/नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन अरनिको बस ईकाई, धुलिखेल रुट इकाई र पनौती रुट इकााईको आयोजनामा गत पौष ८ देखी १० सम्म बुटवलमा सम्मपन्न दशौ राष्ट्रिय महाधिबेशन बाट निर्वाचित केन्द्रिय अध्यक्ष भिम ज्वाला राई लगाएत केन्द्रिय पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
जिल्ला समन्वय समिती काभ्रेका अध्यक्ष एवं मजदुर सगंगठनका पुर्व केन्द्रिय अध्यक्ष उद्धब केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नव निवार्चित पदाधिकारीलाई बद्याई दिनु भएको थियो । केसीले मजदुरहरु अनुशासित, मर्यादित र अहिलेको समयमा प्रबिधिमैत्री हुनु पर्ने बताउनु भयो । सगंठनले सम्पुर्ण श्रमिकहरुका समस्याहरको सम्बोधन गरी अगाडि बढ्न अहिलेको नेतृत्व सक्षम रहेकाले श्रमिकका हितमा काम गर्न आग्रह गर्नु भयो । कार्यक्रमका विशेष अतिथी तथा सगंठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले माताहतका इकाई कमिटीहरुलाई धन्यबाद दिदै सम्पुर्ण मजदुरको हकतिमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । मजदुरहरुले मादक पदार्थ सेवन गरी सवारी नचलाउने, मोबाईल फोन प्रयोग नगर्ने, यात्रुहरुलाई सब्यभाषा प्रयोग गर्ने अनुशासित भई आफ्नो पेसा गर्न आग्रह गर्नु भएको थियो । श्रमीकहरुको काम बिना मालिक धनि हुदैनन् तर तिनै श्रमीकहरुलाई धनिवर्गहरुले अपहेलना गर्ने गरेकाले अब त्यसलाई हामिले आफ्नो कामबाट जवाफ दिनु पर्ने बताउनु भयो । राज्यले तोकेको ज्याला समते मजदुर श्रमीकहरुले नपाएकाले अबको हाम्रो आन्दोलन आफ्नो पेशालाई सुरक्षित गरी आन्दोलन सगै लाने बताउनु भयो । ११ लाख श्रमीकहरुको रोजगारीको ग्यारेन्टी, विमा लगाएत उनिहरुको परिवार सहितको सुरक्षण गर्नका लागी अबको हाम्रो आन्दोलन जारी राखीने राईले वताउनु भयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा मजदुर ईन्चार्ज केशबमणी सापकोटा, जिफन्ट काभ्रे ईन्चार्ज विदुर केसी, वागमति प्रदेश सदस्य तथा काभ्रे ईन्चार्ज बेद प्रसाद घिमिरे पनौती रुट इकाईका अध्यक्ष सुनिल धांजु, अरनिको बस रुट ईकाइका अध्यक्ष रामकुमार ढुंगाना, धुलिखेल मजदुर रुटकाईका अध्यक्ष अर्जुन लामा लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम धुलिखेल रुट इकाईका सचिब होम बहादुर श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने सभापतित्व धुलिखेल रुट ईकाइका अध्यक्ष अर्जुन लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।









