2026 April 24/ 09:44: 29pm

    बनेपा/महिला स्वास्थ्य स्वंसेवीहरुका लागि आयुर्वेद सेवा सम्वन्धी सचेतना कार्यक्रम उपलब्ध गराईएको छ । जिल्ला आयुर्वेद कार्यालय बनेपाले नगर भित्र रहेका ८४ जना महिला स्वास्थ्य स्वंयम सेविकाहरुका लागि तालिम प्रदान गरेको हो । 
    दुई दिन गरी आयोजना गरिएको उक्त तालिमको उद्घाटन प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले गर्नु भएको थियो । नगरपालिकाले सबै नागरिकहरुलाई स्वस्थ राख्न आर्युवेदका विधी र प्रकृयाका बारेमा जानकारी गराउन सहज माध्यम महिला स्वास्थ्य स्वयंम सेविकाहरुको सचेतनालाई पहिलो प्राथमिकता राखेको बताउनु भयो । आर्युवेदको प्रयोग र चिकित्सकीय क्षेत्रको ब्यापकताले मुलुकमा आर्युवेदको माग घट्दै गएको उहाँले बताउनु भयो । अध्यक्ष प्रकाश कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख डा. मनोज चौधरी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, आर्युवेद डाक्टर समिक्षा न्यौपाने, कृष्णप्रसाद पराजुली लगायतले मन्तब्य राख्नु भएको थियो ।