2026 April 24/ 09:45: 25pm

९६ जना लाभान्वित

    पनौती/बनेपामा रहेको कम्युनिटी वेलनेस सेन्टर, बनेपा डाईग्नोस्टीक ल्याव, रुबी आई केयर पनौती र  गोरखनाथ डेन्टल केयर पनौतीको प्राविधिक सहयोगमा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्र्तगत तेजगंगा बहुमुखी क्याम्पस पनौती नगरपालिका वडा नम्वर ८ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । 
    क्याम्पसमा गठन भएको स्वास्थ्य उप समिति र युवा रेडक्रस सर्कलको आयोजनामा भएको एक दिने शिविरमा क्याम्समा अध्ययन गर्ने ९६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । शिविरमा नाक, कान घाँटी, दाँत, रगत समुह जाँच र आँखाको परिक्षण गरिएको थियो । शिविरका लागि कम्युनिटी वेलनेस सेन्टर बनेपाका म्यानेजिङ्ग डाईरेक्टर दिपेश ताम्राकार, नाक, कान घाँटी विषेषज्ञ डा.समिर कर्माचार्य, विशेषज्ञ डा. अनुराग श्रेष्ठ, डा. मनिषा रोकाया, फिजियोथेरापिस्ट युवाराज प्रसाद शर्मा हुमागाई, मेडिकल ल्याव एसिस्टेन्ट रजिना हुमागाई, रुबी भ्याली आई केयरका म्यानेजिङ्ग डाईरेक्टर रमेश श्रेष्ठ, स्वास्थ्यकर्मीहरु अमित कुमार, मनिषा श्रेष्ठ, गोरखनाथ डेन्टलका म्यानेजिङ्ग डाईरेक्टर सागर हुमागाई, डेन्टल असिस्टेन्ट अमृता मगर लगायतका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा उपलब्ध गराउनु भएको थियो । तेजगंगा बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले शिविर आयोजना गरी सोहि क्षेत्रका नागरिकहरुको स्वास्थ्य प्रति चासो राखिदिएकोमा सहयोगि संस्थाहरुलाई धन्यवाद र आभार ब्यक्त गर्नु भएको थियो । गम्भिर प्रकृतिका विद्यार्थीहरुलाई परामर्श सहित अन्यत्र उपचारका लागि रिफर गरिएको छ । 
    शिविरमा ९६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । विद्यार्थी स्वास्थ्य कार्यक्रम मार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त संस्थाहरुले विभिन्न विद्यालयमा निशुल्क शिविर आयोजनाका लागि सहयोग गरिरहेका छन् । परिक्षण गरिएका मध्ये १२ नाक, कान घाँटी परिक्षण गरिएको थियो भने ५३ जनाको सामान्य परिक्षण र फिजियो सेवा उपलब्ध गराईएको थियो । २२ जनाको दाँतको परिक्षण र ८० जनाको आँखाको परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये केहि विद्यार्थीहरुमा सामान्य समस्या देखिएकाले समयमै उपचार गराउन रिफर गरिएको छ । 
    यस अघि कम्युनिटी वेलनेस सेन्टर, बनेपा डाईग्नोस्टीक ल्याव, रुबी आई केयर पनौती र सुप्रिम डेन्टल केयर बनेपाको प्राविधिक सहयोगमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाई र रोशी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निशुल्क शिविर आयोजना गरिएको थियो । काभ्रे ईगलिस माध्यमिक विद्यालय पनौतीमा पनि निशुल्क शिविरको आयोजना गरिएको थियो  भने त्यस्तै कम्युनिटी वेलनेस सेन्टर बनेपाले नेशनल बाथरोग सेन्टरसँगको सहकार्यमा बनेपा नगरपालिका वडा नम्वर ७ मा ९२ जना ब्यक्तिहरुको बाथरोग सँग सम्वन्धित रहेर तथ्याङ्क संकलन गरेको थियो ।