धुलिखेल/अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिको १२ औ वार्षिक साधारण सभा संस्थाका कावा अध्यक्ष नरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको छ ।
तामाङले कोरोना भाईरसका कारण समय सापेक्ष क्रियाकलापहरु सञ्चालन गरिएको बताउनु भयो । संस्थाले सदस्यहरुले विशेष सेवा प्रदान गरेको र आगामी दिनहरुमा समेत सेवालाई थप प्रबिधि मैत्री बनाउँदै लैजाने तामाङले बताउनु भयो । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७७÷०७८ को शेयर पुँजीं १ करोड १८ लाख ७५ हजार, बचत निक्षेप १७ करोड २ लाख २९ हजार, कर्जा लगानी १२ करोड ४३ लाख ४७ हजार रहेको सभामा प्रस्तुत गरिएको थियो ।









