2026 April 24/ 08:52: 32pm

बनेपा/पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बनेपाको तिनदोबाटोमा राखेको छ । 
    कार्यालयको बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी मन्त्री बसुन्धरा हुमागाईले एक कार्यक्रमका बीच गर्नु भएको छ । हुमागाईले आफु पदमा रहँदा सम्म काभ्रेको मान राख्ने काम मात्र गर्ने बताउनु भयो । सबैले जानेर आएको हुदैन म रहदाँ सम्म राम्रो काम र कृषकहरुको हितमा काम गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष राजेन्द्र पसंछे, बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दानबहादुर मानन्धर, काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका अध्यक्ष जितेन्द्र नकर्मी विभिन्न सघं सस्थाका प्रतिनिधीहरु, सञ्चालक समितीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा संस्थाका प्रवन्धक नवराज सापकोटाले आर्थिक वर्ष २०७८÷०७९ को पौष १५ गते संस्थामा आवद्ध ५ हजार ७ सय २४ सदस्यहरुले संस्थाबाट उत्पादित १६ प्रकारका बचत योजनाहरुमा सहभागी भएको बताउनु भयो । संस्थाले शेयर सदस्यले विभिन्न शिर्षकमा ऋण प्राप्त गरी उद्देश्य अनुरुप आप्mनो उद्यम, व्यापार व्यवसाय संचालन गरी आर्थिक उपार्जनमा ऋण प्रदान गरेको बताउनु भयो । संस्थाको २ करोड ६३ लाख ५८ हजारको शेयर पूँजी, २३ करोड निक्षेप संकलन, २२ करोड ८० लाख कर्जा लगानी १ करोड ११ लाखको विभिन्न कोषहरु २८ करोड १० लाखको वासलात रहेको सापकोटाले बताउनु भयो । कार्यक्रममका सभापति तथा संस्थाका अध्यक्ष निरण शाक्यले संस्थाको कार्य क्षेत्र जिल्ला भर रहेको हाल ४ वटा सेवा केन्द्रबाट सदस्यहरुलाई सेवा प्रदान गरेको बताउनु भयो । कार्यक्रम सञ्चालन कोषाध्यक्ष सन्तोष घिमिरेले गर्नु भएको थियो ।