2026 April 24/ 08:52: 33pm

बनेपा/सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ वार्षिक साधारण सभा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रधानाङ्गले सहकारी अभियानको सफलताको लागी समन्वय र संयुक्त प्रयासबाट मात्र सफलता प्राप्त गर्न सकिने बताउनु भयो । साधारण सभा भनेको सहकारी संस्थाको सर्वाेच्च अगं भएकाले अहिले सहकारीहरुले साधारण सभालाई झारा टार्ने मात्र गरेको बताउनु भयो ।  साधारण सभा भनेको सदस्यहरुको जिज्ञासा सुन्ने, सदस्यहरुको चाहाना र आकाक्षा बुझ्नु पर्ने तर अहिले नाम मात्रको साधारण सभा भएकाले सुधार गर्नु पर्ने प्रधानाङ्गले बताउनु भयो । कार्यक्रममा विशेष अतिथी बरिष्ठ हास्य कलाकार मदनदास श्रेष्ठ, प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, संस्कृत बिद ज्ञानकाजी मानन्धर लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब मनोज थापाले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष सरोजकाजी श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक भवानी जोशिले प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७७÷२०७८ को कुल शेयर पुँजीं ९९ लाख ६ हजार, बचत सकंलन १२ करोड ३६ लाख ७३ हजार, ऋण लगानी १६ करोड ६६ लाख रहेको जनाएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर सदस्य र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।