2026 April 24/ 08:52: 31pm

निरन्जन गेलाला/रवि 
    साना किसान कृषि सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी शर्माले सहकारीले सदस्यहरुको आर्थिक क्षेत्रमा सहयोग पुगेको बताउनु भयो । कृषि सहकारीले कषि क्षेत्रमामा नै लगानी गरी कृषको आयस्तर उकास्नका लागी लगानी गर्नु पर्ने बताउनु भयो । गाँउमा छरिएर रहेको रकमलाई सकंलन गरी सदस्यहरुलाई लगानी गर्नु नै सहकारीको मुख्य लक्ष्य हुनु पर्ने शर्माले बताउनु भयो । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७७÷०७८ को प्रतिबेदन सचिव शालिकराम न्यौपानेले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको प्रमुख उदेश्य कृषि उपज उत्पादन, सकंलन र बजारीकरण भएकाले सोहि अनुसारको कार्य गर्दै आएको बताउनु भयो । सहकारीले बचत तथा ऋणको कारोबार सगै कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणका लागी जग्गा भाडामा लिई तरकारी उत्पादन कार्य शुरु गरेको बताउनु भयो । संस्थामा सदस्यहरुलाई ३ प्रतिशत देखी १३ प्रतिशत सम्म कर्जा लगानी गरिएको र कृषकहरुलाई पशु प्रर्वद्धन कार्यक्रम, पशु विमा, कृिष औजार वितरण गरेको अध्यक्ष शालिकराम न्यौपानेले बताउनु भयो । 
    संस्थाको शेयर पुँजीं १ करोड ६ लाख, निक्षेप ५ करोड ८९ लाख ७४ हजार, कर्जा लगानी ११ करोड २१ लाख ९२ हजार, खुद नाफा ३५ लाख १० हजार, वासलात १३ करोड ३७ लाख ७२ हजार रहेको जनाएको छ । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रामप्रसाद गौतमले राख्नु भएको थियो भने धुलिखेल नगरपालिका वडा नम्बर २ का अध्यक्ष देवप्रसाद कोईराला, सेतिदेबी दुग्ध उत्पादक सहकारी संस्थालिका अध्यक्ष चर्तुभुज तिमल्सिना लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन सञ्चालक सदस्य कृष्णहरी कोईरालालले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष शालिकराम न्यौपानेले गर्नु भएको थियो ।