2026 April 24/ 07:45: 13pm

    नमोबुद्ध/नमोबुद्ध नगरपालिका ३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन । ग्रामीण बिकास सस्था काभ्रेपलान्चोक मार्फत जर्मन राजदुतावासको २२ लाख  र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा क्लिन प्रालि स्थापना गरि काम सुरु गरिएको हो । 
    प्याड उत्पादन सुरुवात कार्यक्रममा  नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिना कार्यक्रम अधिकृत सुलोचना सुवाल लेखा तथा प्रशासन एबम सामाजिक उत्तरदायित्वको यो अभियानमा नगरपालिकाको सदैब साथ र सहयोग रहने बताउदै ग्रामीण बिकास सस्था र जर्मन राजदुतावासलाई सहयोगको लागि धन्यवाद दिए । 
    बालबालिका युवा र बाताबरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमिल्सिनाले नमोबुद्धमा बिगत ४ बर्ष काम गर्दै गर्दा नगरयुवाहरु संगठित हुनु सामाजिक काममा सक्रियता देखाउनु, नगरपालिकाले युवा परिषद गठन गर्नु  र उद्यमशिल बन्न खोज्नु महत्त्वपूर्ण उपलब्धि रहेको र आगामी दिनहरुमा सहकार्य गर्दै अगाडि बढ्ने बताए । प्याड उत्पादन संगै महिनावारी स्वच्छताका अभियानहरु समुदाय र बिद्यालयहरुमा सन्चालन गरिने सन्चालक सन्जीप न्यौपानेले बताए । प्याडलाई बजारीकरण गर्न सुरक्षित नाम दिई बजारमा ल्याउन लागिएको हो ।