बनेपा/जिल्लाको बनेपामा शनिबार पुर्व सुरक्षाकर्मीहरुको संगठन पुर्व सुरक्षाकर्मी परिषद् नेपाल काभ्रे गठन गरिएको छ । तदर्थ समितिका अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
भेलालाई पूर्व प्रधानसेनापती रुकमाङ्गद कटुवालले सम्बोधन गर्नु भएको थियो । नेपाल र नेपालीको हितका लागि पूर्व सुरक्षाकर्मीहरु एकजुट हुनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा सुरक्षा निकायका विभिन्न पदमा रहेर पूर्व भएकाहरुको सहभागिता रहेको थियो । जिल्लाका विभिन्न स्थानबाट सोहि कार्यक्रममा सहभागी हुनुपूर्व सुरक्षाकर्मीहरु आएका थिए । हेमशंकर गिरीको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व सुरक्षाकर्मीहरुलाई राज्यले गर्ने ब्यवहारमा परिवर्तन हुनुपर्ने बताउनु भयो ।









