2026 April 24/ 07:44: 38pm

    बनेपा/ज्योती बहुदेश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी खरेलले सहकारीहरुले जनताको मन जित्न सफल भएकाले सहकारी र सदस्यहरुको समन्वयमा सदस्यमुखी कार्यक्रममा सञ्चालन गर्नुपर्ने बताउनु भयो । एकाध सहकारीहरु बाहेक जनताको छरिएर रहेको पुजींलाई एकतित्र गरी जनताकै बीचमा संचालन गर्नु नै ठुलो उपलब्धी भएको खरेलले बताउनु भयो । थोरै रकम देखी ठुलो रकम ऋण समेत सहकारीहरुले लगानी गर्दै जनताको ब्यबसायमा फड्को मारेको बताउनु भयो । सहकारीहरु नयाँ र छुट्टा छुट्टै कारोबार नगरी मर्जर प्रक्रियामा गई उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष मुकुन्द दाहालले विभिन्न सहकारीहरु एकीकरण गरी कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्र स्थापना गरिएको र यस कार्यलाई निरन्तरता दिने बताउनु भयो । त्यसै गरी संस्थाले बहुमुखी कार्य प्रयोजनका लागी साझेदारी गर्ने, पर्यटन क्षेत्रमा लगानी गर्ने, कोरना भाईरसबाट सदस्यहरुलाई पर्न गएको असर र असुविधालाई ध्यानमा राखी राहत उपलब्ध गराईएको अध्यक्ष मुकुन्द दाहालले बताउनु भयो । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिबेदन सचिब रामेश्वर शर्मा वाग्लेले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुजाता थापा खड्काले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक मुक्तिनाथ तौजलेले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुजीं ७ करोड ७ लाख ६ हजार, कुल कारोबार १ अर्ब ४९ करोड २४ लाख ७७ हजार, बचत संकलन १ अर्ब १३ करोड ९९ लाख ३० हजार, ऋण लगानी १ अर्ब ७ करोड ३० लाख १६ हजार रहेको जनाएको छ । कार्यक्रममा राष्ट्रिय गानका रचनाकार ब्याकुल माईलाृ प्रदिपकुमार राईलाई नगद ११ हजार सहित स्रस्टा सम्मान गरिएको थियो । त्यसै गरी संस्थामा ७० बर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई नगद २ हजार र कम्मलबाट, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट ऋणी, एस ई ई मा उतिर्ण छात्र तथा छात्रालाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला सहकारी सघंका पुर्व अध्यक्ष सोमप्रसाद हुमागाई, संस्थाका पुर्व अध्यक्ष राजकुमार हुमागाई लगायतका ब्यत्तिहरुको सहभागिता रहेको थियो ।