2026 April 24/ 07:45: 19pm

भुम्लु/भुम्लु/गाउँपालिका अन्र्तगत रहेको सल्ले भुम्लु स्वास्थ्य चौकी वडा नम्बर ५ मा अल्ट्रासाउण्ड मेशिन गाउँपालिका अध्यक्षले स्वास्थ्य चौकी ईन्चार्ज कल्पना तामाङलाई हस्तान्तरण गर्नु भएको छ । 
    हस्तान्तरण कार्यक्रममा कुवंँरले गाउँपालिकामा पुराना मेशिनहरु भएका कारण जनताले सुविधा नपाएका थिए हामी निर्वाचित भए पछि आधुनिक मेशिनबाट नयाँ प्रविधि अनुसार सामानहरु राखि सेवा प्रवाह गरेको बताउनु भयो । गाँउपालिकामा गाँउपालिका स्तरीय ल्यावको स्थापना गरिएको, भुम्लु आधारभुत अस्पताल सञ्चालन गरिएको, कोभिड महामारीमा समेत यहि अस्पलाबाट सेवा प्रवाह गरी जनतालाई  निशुल्क उपचार गरिएको अध्यक्ष कुवंरले बताउनु भयो । स्वास्थ्य क्षेत्र सगै सिंचाई, सडक, विद्यालय, खानेपानी लगाएतका विकास निमार्णका कामहरु गरेको र निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा गरेको कुंवरले बताउनु भयो । कार्यक्रममा गाँउपालिका र वान हेड नेपालको समन्वयमा अल्ट्रासाउण्ड मेशिन राखेपछि गाउँपालिका भित्रका गर्भवती महिलाहरुको स्वास्थ्य जाँचमा सहज हुने विश्वास लिएको कँुवरले बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईले गाउँपालिकाको १० वटै वडामा स्वास्थ्यचौकी मार्फत गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण गरिने बताउनु भयो । 
    गाँउपालिकामा आधारभुत अस्पताल, १० वटा  स्वास्थ्य चौकी, ४ वटा सामुदायीक स्वास्थ्य ईकाई, १ वटा नागरिक आरोग्य केन्द्र मार्फत सेवा प्रबाह गरिएको बताउनु भयो । गाँउपालिकामा नयाँ प्रविधि र स्वास्थ्य क्षेत्रमा विशेष कार्य गरेको भट्टराईले बताउनु भयो । पालिकामा पहिलो पटक उक्त सेवा प्रारम्भ गरिएको भट्टराईले बताउनु भयो । कार्यक्रममा गाँउपालिकका कार्यकारी अध्यक्ष ढाकाराम अर्याल, ७ नम्बर वडा अध्यक्ष रमेशराज खरेल, स्वास्थ्य ईन्चार्ज लगाएतको सहभागिता रहेको थियो । मेशिन हस्तान्तरण पछि तुरुन्तै गर्भवती महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो ।