भक्तपुर/सुर्यविनायक नगरपालिका वडा नम्बर १० लापुलीमा कम्पोष्ट प्लान्टको स्थापना गरिएको छ । नेप्सेम्याक कम्पनीले स्थापना गरेको उक्त प्लान्टको उद्घाटन सुर्यविनाएक नगरपालिका उप–प्रमुख जुना बस्नेतले गर्नु भएको थियो ।
कम्पनीले सुर्यविनायक नगरपालिका भित्र, छिमेकी जिल्ला बनेपा नगरपालिका, धुलिखेल नगरपालिकाको फोहोरलाई कुहिने र नकुहिने छुट्याई कम्पोष्ट मल उत्पादन गर्ने बताएको छ । कार्यक्रममा प्रमुख अतिथी बस्नेतले कम्पोष्ट मल उत्पादन एकदमै राम्रो काम भएकाले नगरपालिका तथा उपत्यका नै फोहोरले आक्रान्त भएका बेलामा फोहोरबाट मल बनाउने कुरा राम्रो भएको बताउनु भयो । नगरपालिकाले कस्तो खालको कम्पनीलाई सहयोग गर्नु पर्छ सहयोग गर्न तयार रहेको तर कम्पनीले दिगो रुपमा उक्त कार्य गर्नु पर्ने बताउनु भयो । जनतालाई नै हामी जन प्रतिनिधी, कर्मचारी र कम्पनीले सचेत गराई घर घर बाट नै फोहोर छुट्टयाउन लगाउनु पर्ने उहाँले बताउनु भयो ।
आफ्नो घर र फोहोर मात्र फाल्न पाए ठिक भन्ने अर्काकोमा जे गरे पनि हुने मानसिकताबाट नगरबासीहरु मुक्त हुनु पर्ने र हामीले नै फोहोरलाई कम गर्न पर्ने बस्नेतले बताउनु भयो । कम्पोष्ट मल नगरबासी तथा कृषकहरुलाई विषेश छुटमा उपलब्ध गराई प्रत्सोहान गर्न सुझाब दिनु भएको थियो । नगरबासीहरुले नगरपालिकाले फोहोर जथाभावी फाल्नेलाई कानुनी रुपमा कार्वही गर्ने समेत बस्नेतले बताउनु भयो । कार्यक्रममा भक्तपुर जिल्ला समन्वय उप प्रमुख सरिता कुवंर, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अजिन्द्र प्रसाद कडेल, वडा अध्यक्षहरु, विभिन्न सघं सस्थाका प्रतिनिधी लगाएतले उक्त कामको प्रशम्सा गर्दै निरन्तरता दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा कम्पनीका निर्देशक तथा सञ्चालक टिकराम दाहालले कम्पनीले हाल उपत्यकामा १४ वटा नगरपालिका, उपत्यका बाहिर धुलिखेल, बनेपा, विराटनगर लगाएतका पालिकाहरुमा काम गर्दै आएको बताउनु भयो । कम्पनीले अहिले सम्म ५ वटा कम्पोष्ट मल प्लान्ट सञ्चालनमा ल्याएको, आफैले कृषि फर्म सञ्चालन गर्दै आएको बताउनु भयो । कम्पनीले कृषकहरुलाई मल उत्पादन पछि प्रति केजी २० रुपैयामा उपलब्ध गराउर्दै आएको र सरसफाईमा विगत लामो समयदेखी काम गरिरहेको दाहालले बताउनु भयो । वागमती सरसफाई देखी नगरपालिकाको सरसफाईमा साझेदारीका रुपमा काम गर्दै आएको उहाँले बताउनु भयो । किलोमिटर टाढा भएको फोहोरलाई ब्यबस्थापन गर्न लानु पर्ने बाध्यतालाई कम गर्नका लागी ठाँठाँउमा कम्पोष्ट मल उत्पादन केन्द्र खोलिएको र उक्त कार्यमा सबै क्षेत्रबाट सहयोग भएमा मात्र सम्भब हुने दाहालले बताउनु भयो । ५ सय कर्मचारीले कम्पनी मार्फत रोजगार पाएको र कम्पनिले हाल वार्षिक २० टन मल उत्पादन गर्दै आएको र सुर्यविनायक नगरपालिकामा उक्त प्लान्ट पहिलो रहेको बताउनु भएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक लक्ष्मी गेलालले स्वागत मन्तब्य राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष बाबुराम चौलागाईले गर्नु भएको थियो ।









