बनेपा/काभ्रे बस प्रा.लि.को प्रथम ब्यवसायी भेला नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
काभ्रे बसबाट २०७६ सालमा कम्पनीमा रुपान्तरीत भए पछि पहिलो पटक जिल्लामै यातायात ब्यबसायीहरुको भेला भएको हो । सरकारले सिन्डिकेट खारेज गरी सम्पुर्ण यातायात ब्यवसायीहरुलाई कम्पनीमा जान निर्देशन दिए पछि यातायात ब्यबसायीहरु कम्पनीमा जान बाध्य भएका थिए । यातायात सघं सस्थाका सम्पुर्ण चल अचल सम्पत्ती कम्पनीका नाममा लान पाउने ऐन कानुन बने पछि सघंहरु कम्पनीमा गएका थिए । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल यातायात ब्यसायी राष्ट्रिय महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले सम्पुर्ण यातायात ब्यबसायीहरुले स्वच्छ मर्यादित, सुरक्षीत सेवा प्रदान गर्नुपर्ने बताउनु भयो । कर्माचार्यले अझै राज्यले कम्पनी कसरी सञ्चालन गर्ने विधि र कानुन नबाएकाले देशभरीका कम्पनी यातायातहरु अन्यौलमा रहेको बताउनु भयो । राज्यलाई महासघंले पटक पटक अनुरोध गर्दा समेत कानुन नबनाए पछि भद्रगोलको स्थितीमा आएको उहाँले बताउनु भयो । कम्पनीमा गए पछि देशै भरी पहिलो पटक काभ्रे बस प्रालिले भेलाको आयोजना गरेको र सोहि अनुसार अन्य कम्पनी यातायातहरुले भेला गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा काभ्रे बस प्रा.लि.का अध्यक्ष तथा कार्यक्रमका सभापति वर्ण शाक्यले संघबाट कम्पनीमा रुपान्तरण भए पछि चुक्ता पूँजी २५ लाख रहेको, कम्पनीमा १ सय ३६ जना सदस्य, ५ जना संचालक रहेको र सघंको सम्पुर्ण चल अचल सम्पत्ति कम्पनीका नाममा आएको र कम्पनीमा हाल १ सय ८५ वटा बस रहेक जानकारी दिनु भएको थियो । काभ्रे बसले विगत लामो समयदेखी काठमाडौ, धुलिखेल, दाप्चा, तेमाल, रवि, नाला, महाभारत, खानीखोला जस्ता ग्रामिण रुटमा सेवा दिएको र अहिलेको समय अनुसार प्रविधि मैत्री सेवा दिने शाक्यले प्रतिबद्धता जनाउनु भएको थियो । कम्पनीले कोरोनाका समयमा सबै मजदुरहरु तथा ब्यबसायीको निःशुल्क विमा, राहत वितरण र विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष बिजय बहादुर स्वाँर, बरिष्ठ उपाध्यक्ष हरिशरण केसी, बरिष्ठ उपाध्यक्ष दिपक अधिकारी, महासचिव सरोज सिटौला, पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष चित्रबहादुर कुवँर, काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेश सुन्दर सैजु, गणेश हिमाल यातायात प्रालिका अध्यक्ष आत्माराम थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सघंका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।









